Alag Dhar

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

war

काठमाण्डौं । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।

१३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनी अधिकारीकारअनुसार डिनिप्रोमा १६ जना तथा राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् ।

विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी युक्रेनको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपिल गर्नुभएको छ ।

मुख्य समाचार

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौं ।  पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँ...
सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.