Alag Dhar

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नुपरेको हो ।

यस्तै झन्डै ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्ने छ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो ।

केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराउने उल्लेख छ ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

मुख्य समाचार

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
नागढुङ्गा सुरुङमार्गको उदघाटन आज, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

काठमाण्डौं । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हु...
पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.