Alag Dhar

आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ ।

कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरैजसो ठाउँमा पानी परेसँगै गर्मी घटेको छ ।

हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो । आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ ।

मुख्य समाचार

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि...
आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  काठमाण्डौ । आज पहाडी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्...
चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज...
विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ । नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएरात...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.