Alag Dhar

नवलपरासी दाउन्ने खण्डको ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी

काठमाण्डौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाडीको चापलाई मध्यनजर गरी कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो ।

३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने ढकालको विश्वास छ । उहाँले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिनुभयो ।

आउँदो २० देखि ३० वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक १२ देखि २० हजार गाडी आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ । अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ ।
कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ ।

मुख्य समाचार

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मक...
सात जिल्लामा बर्डफ्लु नियन्त्रण

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग ...
सुनको भाउ  घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ...
सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.