Alag Dhar

सुनको भाउ घट्यो

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ।

सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मुख्य समाचार

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मक...
सात जिल्लामा बर्डफ्लु नियन्त्रण

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग ...
सुनको भाउ  घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ...
सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.