Alag Dhar

Day: २०८३ असार २३, मंगलवार ०६:४७

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मकवानपुरले झोलुङ्गे पुल निर्माण सम्पन्न गरी धरानतर्फ फर्किएका श्रमदाताहरुलाई सोमबार हेटौँडामा स्वागत गरेको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत दार्चुलाको व्यास गाउँपालिका–२ स्थित काठादुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिएको छ । ७२ मिटर लामो पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो । टोलीको अथक मिहिनेत र योगदानको कदर गर्दै स्वागत गरेको श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामाले जानकारी दिनुभयो ।
Read More
सात जिल्लामा बर्डफ्लु नियन्त्रण

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिए । रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो । हाल रोग…
Read More
सुनको भाउ  घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४…
Read More
सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रहरी उपरीक्षक ९एसपी० सुमन जंग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित रूपमा निगरानी र जाँचलाई…
Read More
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो । खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.