Alag Dhar

जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री  माननीय  ईन्द्र बहादुर  बानियाँले  बागमती  प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भएको  छ  । हेटाैडा -६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा समूहकाे ब्लक नं ६ मा निर्माण  गरेकाे विपी गणेशमान स्मृति  शान्तिपार्क पिसपार्कमा  रहेकाे प्रवेश  द्वार र साेमा निर्माण  गरिएको  विपी, गणेशमान, पुष्पलाल र मनमाेहनकाे अर्धकदकाे शालिककाे उदघाट्न तथा अनावरण  कार्यक्रमलाई सम्वाेधन गदै मुख्यमन्त्री  बानियाँले  साे कुरा  बताउनु भएको  हाे ।

मुख्यमन्त्री  बानियाले जनताकाे आवश्यकता  र आैचित्यकाे आधारमा प्रदेश सरकारले  विकास गर्दै आएकाे बताए  । स्थानीय  क्षेत्रमा विकसका कामले  निरन्तरता  पाएकाे बताउदै मुख्यमन्त्री  बानियाँले  पिसपार्कलाई राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय  पर्यटककाे रुपमा  विकास गराउन आफूले थप बजेट उपलब्ध  गराउने घाेषणा समेत गर्नु भयाे ।

वन समूहले आफनाे  स्वीकृत १० वर्षे  दिगाे वन ब्यवस्थापन  सम्वन्धि कार्ययाेजनामा समावेश गरि ५ हेक्टर  वनक्षेत्रलाई पर्यापर्टकिय क्षेत्र घाेषणा गरि काम गर्दै आएकाे छ ।

पर्यटन  विकास आयाेजना हेटाैडाकाे  सहयाेगमा डिपिआर तयार गरि साेहि अनुसकाे वातावरण मैत्री  भाैतिक संरचना निर्माण  गरेकाे छ ।  पार्क भित्र  विश्वमा लाेपाेन्मुख सालक र घाईते सालककाे लागि सालक केज निर्माण,  सालककाे मूर्ति , सालक सम्वन्धि जनचेतनामूलक  हाेडिङ बाेर्ड,  किरातेश्वर महादेवकाे मूर्ति ,पिकनिक स्पट, गाेलघर, चिल्ड्रेन  पार्क, शाैचालय लगायतका  संरचना निर्माण  गरिएका छन ।

प्रवेश द्वार र अर्धकदकाे शालिक पर्यटन  विकास आयाेजना हेटाैडाकाे १८ लाख रुपैयाँको  लागतमा निर्माण   गरिएको  हाे ।

कार्यक्रममा  वन समूहका कार्यसमितिका सदस्य पूर्णभद्र  चाैलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

वन समूहका अध्यक्ष  केशव धितालकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैडा उपमहानगरपालिका  उपमेयर राजेश बानियाँ,  डिभिजन  वन कार्यालय, मकवानपुरका  प्रमुख राकेश प्रसाद चन्द्रबंशी, पर्यटन  विकास आयाेजना हेटाैडाका प्रमुख राेशन कुमार श्रीवास्तव, हेटाैडा-६ का कार्यवाहक अध्यक्ष  विजय पाैडेल, मकवानपुरगढी-३ का वडा अध्यक्ष  भागवत घिमिरे, हेटाैडा-६ का वडा सदस्य सरिता सापकोटा , मुना विश्व्कर्मा, सामुदायिक  वन उपभोक्ता  महासंघ, नेपालका केन्द्रीय  सदस्य रामहरि चाैलागाई, मकवानपुर  अध्यक्ष  साधुराम चाैलागाई, विभिन्न  सामुदायिक  वन, सहकारी  संस्था, विधालयका अध्यक्ष  तथा प्रतिनिधि सञ्चारकर्मी, उपभोक्ता, शुभचिन्तक लगायतकाे सहभागिता थियाे ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.