
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका हुन् ।
थपलियाले पछिल्लो विकसित राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझिएको र यस अवस्थामा गठबन्धनमा बसिरहन नपर्ने निष्कर्षसहित मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको बताए ।
नेता थपलियाले मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने बताए ।
हाल बागमती सरकारमा एमालेका ६ मन्त्री रहेका छन् ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।