
हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँले बागमती प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भएको छ । हेटाैडा -६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा समूहकाे ब्लक नं ६ मा निर्माण गरेकाे विपी गणेशमान स्मृति शान्तिपार्क पिसपार्कमा रहेकाे प्रवेश द्वार र साेमा निर्माण गरिएको विपी, गणेशमान, पुष्पलाल र मनमाेहनकाे अर्धकदकाे शालिककाे उदघाट्न तथा अनावरण कार्यक्रमलाई सम्वाेधन गदै मुख्यमन्त्री बानियाँले साे कुरा बताउनु भएको हाे ।
मुख्यमन्त्री बानियाले जनताकाे आवश्यकता र आैचित्यकाे आधारमा प्रदेश सरकारले विकास गर्दै आएकाे बताए । स्थानीय क्षेत्रमा विकसका कामले निरन्तरता पाएकाे बताउदै मुख्यमन्त्री बानियाँले पिसपार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटककाे रुपमा विकास गराउन आफूले थप बजेट उपलब्ध गराउने घाेषणा समेत गर्नु भयाे ।
वन समूहले आफनाे स्वीकृत १० वर्षे दिगाे वन ब्यवस्थापन सम्वन्धि कार्ययाेजनामा समावेश गरि ५ हेक्टर वनक्षेत्रलाई पर्यापर्टकिय क्षेत्र घाेषणा गरि काम गर्दै आएकाे छ ।
पर्यटन विकास आयाेजना हेटाैडाकाे सहयाेगमा डिपिआर तयार गरि साेहि अनुसकाे वातावरण मैत्री भाैतिक संरचना निर्माण गरेकाे छ । पार्क भित्र विश्वमा लाेपाेन्मुख सालक र घाईते सालककाे लागि सालक केज निर्माण, सालककाे मूर्ति , सालक सम्वन्धि जनचेतनामूलक हाेडिङ बाेर्ड, किरातेश्वर महादेवकाे मूर्ति ,पिकनिक स्पट, गाेलघर, चिल्ड्रेन पार्क, शाैचालय लगायतका संरचना निर्माण गरिएका छन ।
प्रवेश द्वार र अर्धकदकाे शालिक पर्यटन विकास आयाेजना हेटाैडाकाे १८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हाे ।
कार्यक्रममा वन समूहका कार्यसमितिका सदस्य पूर्णभद्र चाैलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
वन समूहका अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशी, पर्यटन विकास आयाेजना हेटाैडाका प्रमुख राेशन कुमार श्रीवास्तव, हेटाैडा-६ का कार्यवाहक अध्यक्ष विजय पाैडेल, मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटाैडा-६ का वडा सदस्य सरिता सापकोटा , मुना विश्व्कर्मा, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चाैलागाई, मकवानपुर अध्यक्ष साधुराम चाैलागाई, विभिन्न सामुदायिक वन, सहकारी संस्था, विधालयका अध्यक्ष तथा प्रतिनिधि सञ्चारकर्मी, उपभोक्ता, शुभचिन्तक लगायतकाे सहभागिता थियाे ।