Alag Dhar

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

 

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौँ प्रदर्शनकारीलाई संसद्तर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ ।

त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन् । दिल्ली प्रहरीले संयम बन्न र ‘कुनै गैरकानुनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन’ आग्रह गरेको भारतीय सञ्चारमाध्याले जनाएका छन् ।

विगतदेखि नै प्रदर्शनकारीले परीक्षामा प्रश्नपत्र बाहिरिने, प्राविधिक समस्या जस्ता अनियमितताका कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् । पछिल्लो प्रदर्शन गएको शनिबार अभियन्ता सोनम वाङचुकलाई जबरजस्ती अस्पताल लगिएपछि भएको हो । उहाँले कक्रोच जनता पार्टी’ ९सीजेपी० ले शुरु गरेको आन्दोलनको समर्थनमा अनशन गर्दै आउनुभएको छ ।

सीजेपी बोस्टन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका ३० वर्षे अभिजित दिपकेले गठन गर्नुभएको हो । सन् २०२४ मा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीका लागि पछिल्लो प्रदर्शन ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ । विपक्षी कांग्रेस नेता राहुल गान्धीले मोदी भारतको इतिहासकै युवाप्रति सबैभन्दा असंवेदनशील प्रधानमन्त्री भएको आरोप समेत लगाउनुभएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.