Alag Dhar

अमेरिकाको नयाँ भन्सार करको मार: भारत–चीनसहित करिब ६० देश प्रभावित

अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ ।

आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ । यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान, भारतलगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन् ।

यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै ९९ दशमलव ४ प्रतिशत हिस्सा ओगट्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेयता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढाइ रहनु भएको छ ।

अमेरिकी प्रशासनले उत्पादन क्षमताको दुरुपयोग सम्बन्धी आरोपमा थप १६ देशमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि यस वर्षभित्रै ती देशमाथि थप भन्सार शुल्क लगाउने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

मुख्य समाचार

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रद...
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्...
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई...
पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

काठमाण्डौं । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात् ‘वर्ल्ड ड्राउनिङ प्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.