Alag Dhar

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ : जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह

काठमाण्डौं । देशका विभिन्न ११ जिल्लामा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रण उन्मुख भएको छ । गएको साउन १ गते यता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण सङ्क्रमण थप बढ्न नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै १६० अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार बितेका चार महिनामा आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाण्डौ उपत्यकाभित्र र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागको तथ्याङ्क छ ।

महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । राहतका लागि ५२ करोड रुपैयाँ व्यवस्थापन भएकोमा अहिलेसम्म १०४ जना किसान र फार्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ रकम निकासा गरिसकिएको छ ।

बर्डफ्लुको सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.