
काठमाण्डौं । आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै भोलि देशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक/दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान छ । भोलि कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्रै ठूलो वर्षाको सम्भावना रहे पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ । बिस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ ।