२०८३ श्रावण १०, आईतवार ०६:१३
२०८३ श्रावण १०, आईतवार ०६:१३
काठमाण्डौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने सहमति गरेका छन् । सहमतिअनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् । मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ । दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन् । कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति…