Alag Dhar

अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

काठमाण्डौ । अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ ।

यो टुक्रा ४ मेट्रिक टन गह्रौँ अर्थात् ४ हजार किलोको रहेको छ । गएको जनवरीमा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो । रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो एक बजेर २० मिनेट आसपासमा चन्द्रमामा ठोक्किने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो झण्डै ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ । रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान छ । सामान्य अभियानको तुलनामा बढी धक्का आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन ।

त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौँ टुक्रासँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो । नासाका अनुसार यसबाट तत्काल कुनै खतरा छैन । चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकले बताएका छन् ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.