Alag Dhar

Day: २०८३ श्रावण २०, बुधबार ०७:४१

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read More
अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

काठमाण्डौ । अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ । यो टुक्रा ४ मेट्रिक टन गह्रौँ अर्थात् ४ हजार किलोको रहेको छ । गएको जनवरीमा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो । रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो एक बजेर २० मिनेट आसपासमा चन्द्रमामा ठोक्किने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो झण्डै ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ । रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान छ । सामान्य अभियानको तुलनामा बढी धक्का आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा…
Read More
लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

काठमाण्डौ । लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । आज बिहान ७ बजेतिर चितवनको सिमलतालनजिकै पहिरो र लेदो खसेपछि यो सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो तथा लेदो सफा गरेपछि झण्डै २ घण्टापछि सडक खुलेको जनाएको छ । अहिले गाडी चल्न थालेका छन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ । यो सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको आग्रह छ ।
Read More
आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी आज भाउ बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एकजनाको मृत्यु, चालक घाइते

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एकजनाको मृत्यु, चालक घाइते

काठमाडौं । मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–२, तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएकाे थियाे । ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.