Alag Dhar

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन्। उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ भने पौडिएर सुरक्षित रूपमा खोलाबाट बाहिरिन सफल भएका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे कालिकाटारबाट देउतीतर्फ घर फर्किने क्रममा मनहरी खोला तर्ने प्रयास गर्दा दुवै जनालाई खोलाले बगाएको थियो। घटनाको जानकारी बुधबार बिहान मात्र प्रहरी चौकी भार्तामा पुगेपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा बेपत्ता प्रजाको खोजीलाई तीव्र बनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको बाटो सकेसम्म प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

 

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.