Alag Dhar

विश्व रेडियो दिवस आज

हेटौँडा । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् साँस्कृतिक संगठन (युनेस्को) को आव्हानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ ।

सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापीरुपमा सबैभन्दा बढी सुनिने माध्यम हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।

विपत्तिका बेला तथा ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.