Alag Dhar

आज विश्वकप क्रिकेट लिग–टु शृङ्खलामा युएई र ओमान खेल्दै

काठमाण्डौं ।आईसीसी विश्वकप क्रिकेट लिग–टु एकदिवसीय शृङ्खलामा आज युएई र ओमानले खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । तर बिहान परेको पानी र मौसम बदलीकै अवस्था रहेकाले आजको खेल प्रभावित हुनसक्ने सम्भावना छ ।

काठमाण्डौमा चलिरहेको शृङ्खलामा ओमानले यसअघि खेलेका २ खेलमा एक जीत र एक हार बेहोरेको छ । युएईले खेलेका ३ खेलमा २ हार र १ जीत निकालेको छ । युएई नेपालसँगको दुवै खेलमा पराजित हुँदा ओमानलाई हराएको थियो ।

यो शृङ्खलामा नेपाल, युएई र ओमान छन् । लिग–टु शृङ्खलामा आठ वटा देश छन् । अमेरिका २४ खेलमा ३६ अङ्कसहित शीर्ष, स्कटल्याण्ड २८ खेलमा ३४ अङ्कसहित दोस्रो, ओमान २६ खेलमा ३१ अङ्कसहित तालिकाको तेस्रो, नेदरल्याण्डस् २४ खेलमा २८ अङ्कसहित चौथो, नामिबिया २८ खेलमा २२ अङ्कसहित पाँचौँ, क्यानडा २४ खेलमा २१ अङ्कसहित छैटौँ, नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ र युएई २३ खेलमा १२ अङ्कसहित पुछारमा छ ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.