
मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मकवानपुरले झोलुङ्गे पुल निर्माण सम्पन्न गरी धरानतर्फ फर्किएका श्रमदाताहरुलाई सोमबार हेटौँडामा स्वागत गरेको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत दार्चुलाको व्यास गाउँपालिका–२ स्थित काठादुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिएको छ । ७२ मिटर लामो पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
टोलीको अथक मिहिनेत र योगदानको कदर गर्दै स्वागत गरेको श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामाले जानकारी दिनुभयो ।