Alag Dhar

आज देशका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डौं । आज देशका विभिन्न २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित विभिन्न २४ जिल्लामा बाढीको जोखिम छ ।

बाढीको जोखिम रहेका अरु जिल्लाहरुमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन् । ती जिल्ला आसपासका भई बहने स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । ती ठाउँको नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

आज र भोलि मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.