Alag Dhar

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.