Alag Dhar

लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

काठमाण्डौ । लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ ।

आज बिहान ७ बजेतिर चितवनको सिमलतालनजिकै पहिरो र लेदो खसेपछि यो सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो तथा लेदो सफा गरेपछि झण्डै २ घण्टापछि सडक खुलेको जनाएको छ ।

अहिले गाडी चल्न थालेका छन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ ।

यो सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको आग्रह छ ।

मुख्य समाचार

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र...
अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

काठमाण्डौ । अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ । यो टुक्र...
लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

काठमाण्डौ । लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । आज बिहान ७ बजेतिर चितवनको सिमलतालनजिकै पहिरो र लेदो खसे...
आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.