Alag Dhar

गण्डकी र लुम्बिनी प्रदेशमा गएराति मुसलधारे वर्षा

काठमाण्डौ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो । काठमाण्डौ उपत्यकासहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली, मर्स्याङ्दी, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ । गण्डकी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज पनि बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल, पहाड र तराई, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार भोलि पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका ठाउँ तथा डुबान हुने क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

मुख्य समाचार

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। जि...
खोला तर्ने क्रममा एक जना बेपत्ता

खोला तर्ने क्रममा एक जना बेपत्ता

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–४ मा मनहरी खोला तर्ने क्रममा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल...
मकवानपुरमा साइड दिने क्रममा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

मकवानपुरमा साइड दिने क्रममा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। प्रहर...
महोत्तरीमा बाढीले बगाउँदा एकजनाको मृत्यु

महोत्तरीमा बाढीले बगाउँदा एकजनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकब...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.