Alag Dhar

मकवानपुरमा साइड दिने क्रममा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ मेसिनरी सामान बोकेर जाँदै गरेको म प्र ०३–००२ ख ४७०५ नम्बरको डिब्बा ट्रक विपरीत दिशाबाट अर्थात् पालुङतर्फबाट हेटौंडा आउँदै गरेको नम्बर नखुलेको ट्रकले साइड च्याप्दै आएपछि साइड दिने क्रममा दुर्घटनामा परेको हो।

साइड दिने क्रममा डिब्बा ट्रकको पछाडिको चक्का सडकको किनार भासिएपछि ट्रक करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी करिब ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड–कम्मरमा भित्री चोट तथा बायाँ खुट्टामा चोट लागेको छ। घाइतेलाई राति ११:३० बजे हेटौंडा अस्पताल पुर्‍याई उपचार गरिएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.