Alag Dhar

केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।

कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका व्यक्तिले  १० लाख रुपैयाँको उपहार जितेका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो । उनले ७ साउनमा सामान किनेका थिए ।

अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।

करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । यसको पहिलो घोषणा आज गरिएको हो । हरेक १५ दिन १५ जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

त्यसका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्छन् ।

क्यूआर मार्फत गरिने कारोबारमा भने प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले बिल इन्ट्री गर्नुनपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि योग्य हुने छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार मन्त्रालयले असार अन्तिम साता उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरेर रु. १ लाख नगद र हरेक १५–१५ दिनमा (महिनाको दुई जनालाई) बम्पर उपहारस्वरूप रु. १० लाख नगद प्रदान गरिने उल्लेख छ ।

मुख्य समाचार

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

काठमाण्डौ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको ...
भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् । रियालले विज्ञप्तिमार्फत...
केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । कञ्चनपुरको ...
मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.