Alag Dhar

सवारी दुर्घटनामा दुई जना घाइते

मकवानपुर । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ । मनहरी गाउँपालिका–८ बेलुवा र हेटौँडा उपमहानगरपालिका–१९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट मनहरी तर्फ आउँदै गरेको ना.२ ह १२७० नम्बरको अटोको पछाडि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०६–००४ प ९१७१ न.को मोटरसाइकल ठक्कर खान गई दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–७ रमौली बस्ने २० वर्षीय प्रशान्त सुवेदी घाइते हुनुभएको हो । उहाँको अनुहार, दाहिने कुममा चोट लागेको छ । घाइतेको उपचारका लागि मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो ।

त्यस्तै, पूर्व–पश्चिम सडक खण्डमा हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०२६ प ५९८० न.को स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना हुँदा स्कुटर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय लीला पौडेल घाइते हुनुभएको छ । उहाँको मुख र अनुहारमा चोट लागेको छ । घाइतेको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.