Alag Dhar

जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ । गोरखाका चार जना सहिद परिवारमध्ये तीन जना सहिद परिवारलाई राहत वितरण गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका – ३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका – ५ का विमलबाबु भट्ट, गण्डकी गाउँपालिका – ४ का अर्जुन भट्टको परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा सिरानचोक गाउँपालिका – २ सरोज गुरुङको परिवारलाई भने राहत रकम हस्तान्त्रण गर्न बाँकी रहेकाले अबको केही दिनमा राहत उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

सबै मृतकका परिवारलाई १५ लाखको दरले राहत रकम उपलब्ध गराइएको छ, प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक सहायतको दस लाख र काजक्रिया तथा यातायात खर्च बापत पाँच लाख रुपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा काठमाडौँ र चितवनमा मृत्युवरण गरेका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले आफ्नै कार्यालय बोलाएर मङ्गलबार राहत रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.