Alag Dhar

भारतीय कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर १० मिनेटको समयमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ र पछाडी सवार १८ वर्षीय रोहित तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा चालक रामचन्द्रको दिउँसो १ बजेर ३४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय कन्टेनर ट्रक चालक भारत, कलकत्ताका ५० वर्षीय जितेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.