Alag Dhar

बाबु मृत भेटिएपछि छोरा पक्राउ

मकवानपुर । पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राई मृत अवस्थामा भेटिनुभएको छ । राईको शव स्थानीयले घरदेखि ५ मिटर दूरीमा रहेको करेसाबारीमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए ।

राईको शरीरमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँलाई आफ्नै छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कर्णले बताउनुभयो ।

घटनाबारे जानकारी पाए लगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नका साथै मृतकको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बाबुसँगै बसेर रक्सी पिएका राईले सामान्य विवादमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.