Alag Dhar

एमाले महाधिवेशन प्रतिनिधिमा कोशी प्रदेशका २ सांसद पराजित

मकवानपुर । नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेकपा एमालेका दुई प्रदेश सांसद नै पराजित भएका छन् । सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेश सभाका सांसद पराजित भएका हुन् ।

कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भए । उनीहरु संस्थापन पक्षबाट उम्मेदवार थिए ।

प्रदेश सांसद बस्नेतले ३७६ र राईले ३९१ मत पाएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएका छन् । सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरेका छन् ।

महिलातर्फ २ जनाको कोटामा सीता भण्डारी पौडेल ७६६ मत र सुशीला पहाडी ढकाल ७१५ मतसहित निवार्चित भएका छन् ।

युवातर्फ दिवस वान्तवा राई ८८६ मतले निवार्चित भएका छन् । युवातर्फ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल र पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीयसचिव अनिल राजधामी पनि उम्मेदवार थिए ।

एमाले धरान नगर कमिटी स्रोतका अनुसार निर्वाचितमध्ये मुराबरी सुवेदीबाहेक अन्य इतर पक्षका हुन् ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.