Alag Dhar

साढे सात हजार क्विन्टल धान खरिद

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर १४ गते शनिबारसम्म बाँकेका किसानसँग ७५०३.२० क्विन्टल धान खरिद गरेको हो।

उक्त समयअवधिमा खाद्यले मोटा धान २५०३.५० क्विन्टल र मध्यम धान ४९९९.७० क्विन्टल गरी जम्मा ७५०३।२० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार मोटा धान ८६ लाख ७१ हजार ६४८ रुपियाँ र मध्यम धान एक करोड ८१ लाख ४० हजार ५६१ रुपियाँ गरी कुल दुई करोड ६८ लाख १२ हजार २०९ रुपियाँको धान खरिद गरिएको छ ।

मोटा धानको तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको उहाँले बताउनुभयो ।

“यस वर्ष नेपालगन्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएका छौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । अहिलेसम्म २५०३.५० क्विन्टल मोटा र ४९९९.७० क्विन्टल मध्यम गरी ७५०३.२० क्विन्टल धान खरिद गरिसकेका छौँ,” कार्यालय प्रमुख लामिछानेले भन्नुभयो ।

उहाँले मध्यम धान खरिदको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद कार्य बन्द गरिएको बताउनुभयो । “मध्यम धान खरिदको कोटा पूरा भएको छ, अब मध्यम धान खरिद गर्न सक्दैनौँ, यस वर्ष कोटा थप हुने सम्भावना पनि देखिँदैन, यदि किसानले मोटा धानको मूल्यमा मध्यम धान बिक्री गर्न चाहेमा मोटा धानको दरमा खरिद गर्न सक्छौँ,” लामिछानेले भन्नुभयो, “अहिले मोटा धान खरिद गरिरहेका छौँ, यो पनि तोकिएको १५ हजार क्विन्टलभन्दा बढी खरिद गर्न सक्दैनौँ, केन्द्रबाट नै सीमित बजेट छुट्याएको हुँदा १५ हजार पुग्नेबित्तिकै खरिद कार्य बन्द गर्छौँ ।”

धान जोखाइ तथा तौलाइ गर्नका लागि हाल तीनवटा काँटा सञ्चालन गरिएको स्टोर किपर वरिष्ठ सहायक दीपक शर्माले बताउनुभयो । जोखाइ तथा तौलाइ गर्न आवश्यक मजदुर परिचालन गरिएको छ । मजदुरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रतिक्विन्टल जोखाइ तथा तौलाइ गरेबापत ४० रुपियाँ रकम प्रदान गरिँदै आएको शर्माले जानकारी दिनुभयो । उहाँले जोखाइ तथा तौलाइ गर्ने मजदुरको कमीका कारण तीनवटा मात्र काँटा सञ्चालन गरिएको र थप मजदुरको व्यवस्थापन गरेर काँटा सङ्ख्या पनि बढाएर जतिसक्दो छिटो धान खरिदकार्य सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

हालसम्म धान बिक्री गर्न ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको र सिफारिस दर्ता गराएकामध्ये २०१ जना किसानसँग धान खरिद गरिएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिरहेको र कार्यालयले धान बिक्री गरेबापतको रकम बैंकमार्फत भुक्तानी गर्दैआएको छ । किसानको बैंक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको छ । गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

मुख्य समाचार

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।...
२ सय रुपैयाँले घट्यो भाउ

२ सय रुपैयाँले घट्यो भाउ

काठमाण्डौं । हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैया...
संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

काठमाण्डौं । विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा नियमावली मस्...
दमककी युवती रमा तिवारी मृत फेला

दमककी युवती रमा तिवारी मृत फेला

विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.