Alag Dhar

घट्यो सेयर बजार

मकवानपुर ।  सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।

अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०।७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशत घटे ।

माइक्रोफाइनान्स ०.६१, उत्पादन तथा प्रशोधन ०।३०, जलविद्युत् ०.२२, फाइनान्स ०.९१ तथा विकास बैंक ०.२६ प्रतिशत बढे ।चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।

त्यस्तै ग्रिन भेन्चर्सको ९.३१, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङको ५.४४ तथा युनाइटेड मोदी हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको ३ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको २.२२ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबुलकार, नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.