Alag Dhar

एनपिएल : चितवनमाथि पोखराको सहज जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

पोखराका लागि एडम रोसिंगटनले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । एडम प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकाल र सैफ जइबले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३ र सैफ जइफले १७ रन बनाउनुभयो ।

बलिङमा पोखराका धनन्जय लक्ष्मणले तीन तथा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिनुभयो । चितवन र पोखरा दुवै समूह चरणबाट बाहिरिसकेका छन् । ६ अङ्क बनाएको पोखरा पाँचौँ स्थानमा रह्यो । यस्तै चार अङ्क बनाएको चितवन छैटौँ स्थानमा छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.