Alag Dhar

अलगधार

अलगधार

1598 Posts
काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइमा

काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइमा

मकवानपुर । चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमश्रङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ । १५ वर्षअघि सम्म वनमाराले ढाकिएको निस्दी गाउँपालिका–३ झिरुवास स्थित काउलेडाँडा आन्तरिक पर्यटकको आकर्षण बनेको हो । काउलेडाँडा क्षेत्रको खाली जग्गा कबुलियति वनमा दर्ता गरी स्थानीयको सक्रियतामा अम्रिसो लगाए संगै काउले डाँडा कवुलयति वनले मुहार फेरेको हो । साथै पूर्वी इलामको चिया बगानको झल्को मेटाउने वनको रुपमा स्थापित भएको छ । काउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मेहेनतको अवलोकन संगै हरियाली डाँडा बाट देखिने उत्तरका हिमाल र तराईका भु–भाग सहितको दृश्य अवलोकन रमाउन विभिन्न स्थान बाट आउने…
Read More
मलेसियामा अपराध दरमा वृद्धि

मलेसियामा अपराध दरमा वृद्धि

मकवानपुर । मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो । मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराध हुन्, जसमा चोरी, डकैती, लुटपाट जस्ता घटना पर्दछन् । यी अपराध १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् । यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्यासम्बन्धी घटनामा भने कमी आएको छ । जानबुझी गरी गरिने हत्याका घटना ९दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा…
Read More
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउनेसहित विभिन्न २० निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा-पूर्णिया र…
Read More
निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्तान्तरण गर्ने प्रतिबद्धता

निष्पक्ष निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्तान्तरण गर्ने प्रतिबद्धता

मकवानपुर । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयो । उहाँले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनले नागरिक…
Read More
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

मकवानपुर । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने…
Read More
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुत बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको उहाँको भनाइ थियो । गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा…
Read More
एकडारा र सम्सीका बाढी पिडितलाई राहत वितरण

एकडारा र सम्सीका बाढी पिडितलाई राहत वितरण

मकवानपुर । महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ । दुवै पालिकाका ३०८ बाढी पिडित परिवारलाई राहत वितरण गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा एकिकृत ग्रामिण विकास समाज बर्दिबास तथा दलित उत्थान समाज महोत्तरीको समन्वयमा एकडारा र सम्सी गाउँपालिकाका बाढी पिडितहरुलाई राहत वितरण गरिएको हो । एकडारा गाउँपालिकामा २५५ घरधुरी तथा सम्सी गाउँपालिकामा ५३ घरधुरीलाई राहत वितरण गरिएको ग्रामिण विकास समाज बर्दिबासका फिल्ड अफिसर राजीव कुमार झाले जानकारी दिनुभयो । वडाले सिफारिस गरेका बाढी पिडितहरुलाई संस्थाका कर्मचारीहरुले जाँच पडताल गरेर वास्तविक बाढी पिडितहरुलाई मात्रै राहत वितरण गरिएको जनाइएको छ । बाढी पिडितहरुलाई…
Read More
जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

मकवानपुर । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उहाँ विशेष रूपमा चिनिनुभएको थियो । सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेख्नुभयो, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ ।” उहाँको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गर्नुभयो । “जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसहरूलाई, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई, ठूलो…
Read More
दोलखामा भालुको आक्रमणबाट टेकबहादुर मृत्यु

दोलखामा भालुको आक्रमणबाट टेकबहादुर मृत्यु

मकवानपुर । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–३, ठाडेमा भालुको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बस्ती बस्नेका ५९ वर्षीय टेक बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बिहीबार बिहान १० बजेर ३० मिनेटको समयमा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Read More
प्रहरीद्वारा एक लाख बराबरको पटका बरामद

प्रहरीद्वारा एक लाख बराबरको पटका बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया जिवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई छन् । उनिहरुले साइकलमा राखेर ती पटका भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट नाका नजिकै खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ दुई वटा साइकलमा आउँदै गरेको देखेपछि उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो । सो बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ भने साइड नाकाहरुमा पनि गस्ती बढाएर अवैध आयात रोक्ने कार्य भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.