Alag Dhar

अलगधार

अलगधार

1598 Posts
नेपाल उपाधि होडमा आज सामोआसँग प्रतिस्पर्धा गर्दै

नेपाल उपाधि होडमा आज सामोआसँग प्रतिस्पर्धा गर्दै

मकवानपुर । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ । नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ । सामोआ विश्वकपको छनोटबाट बाहिरिएको छ । सामोआ सुपर सिक्समा जितविहीन छ नेपाल समूह चरणमा जापान र…
Read More
आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

मकवानपुर । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
३ जना फरार कैदीबन्दी पक्राउ

३ जना फरार कैदीबन्दी पक्राउ

मकवानपुर । फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ । उनलाई विहीबार बिहान ११:२० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ । त्यसैगरी, चोरी मुद्दाका अभियुक्त ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी २०८२ असोज २४ गते नख्खु कारागार, ललितपुरबाट फरार भएका थिए । उनलाई विहीबार राति ९ बजे प्रहरी प्रभाग इमाडोलको क्विक रेस्पोन्स टिम (क्वीआरटी) र सिभिल प्रहरीले नियन्त्रणमा…
Read More
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

मकवानपुर । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’ बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन…
Read More
बसले ठक्करले गोरखाका एक जनाको युवाको मृत्यु

बसले ठक्करले गोरखाका एक जनाको युवाको मृत्यु

मकवानपुर । बसले स्कुटरलाई ठक्कर दिदाँ गोरखाका एक जना युवा दामोदर घिमिरेको मृत्यु भएको छ । चितवनबाट घर गोरखातर्फ आउँदै गर्दा भरतपुर महानगरपालिका – १ रामनगरस्थित सडकमा बा. प्र ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई १२ः४५ बजे ठक्कर दिई उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो । गोरखा नगरपालिका – ७ नयाँबसपार्क स्थायी घर भएका युवा घिमिरे गोरखा नयाँबजारमा न्यु चिन्तन बुक्स स्टेशनीका प्रोपाईटर समेत भएको प्रहरीले पुष्टि गरेको छ । मृतक घिमिरेको शव चितवनको सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताउनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले…
Read More
सगरमाथाको कथा लिएर ‘जेरी अन टप’ आजबाट हलमा

सगरमाथाको कथा लिएर ‘जेरी अन टप’ आजबाट हलमा

मकवानपुर । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ । चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताउनुभयो । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुग्नुभएका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चलचित्रको कथा…
Read More
कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ…
Read More
सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव

सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव

मकवानपुर । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ महँगोमा लिएर बिक्री गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको उहाँको भनाइ छ । बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको…
Read More
कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

मकवानपुर । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र…
Read More
ओमानमाथि ऐतिहासिक जित, नेपाल उपाधिको ढोका नजिक

ओमानमाथि ऐतिहासिक जित, नेपाल उपाधिको ढोका नजिक

मकवानपुर । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक उभिएको छ । विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत लिग चरणदेखि अपराजित रहेको नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधि सम्भावना बलियो बनेको छ । नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमानको ६ अङ्क छ । नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । ओमानपनि नेपालसँगै दुई खेल अगावै विश्वकपमा पुगिसकेको छ । अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी नेपालले बुधबार ओमानमाथि सहज जित निकालेको थियो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.