Alag Dhar

अलगधार

अलगधार

1598 Posts
बस दुर्घटना हुँदा तीन जना घाइते

बस दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर । बाजुराको जगनाथ गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा मुगु राना नगरपालिका–३ का अन्दाजी १४ वर्षीय विशाल विक, दैलेख दुल्लु नगरपालिका–२ बस्ने अन्दाजी ३१ वर्षीया दीपा सोनाम र बाजुराको जगनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षीया प्रेमकला दमाई घाइते हुनुभएको हो । बिहीबार बाजुरादेखि कर्णाली कोरिडोर हुँदै सुर्खेत जाँदै गरेको ०२००१ ख. ०८९० नम्बरको बस जगनाथ गाउँपालिकाको भल्यामा दुर्घटना भएको हो । २३ जना सवार गाडीका घाइतेको पिलिचौरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Read More
उरुग्वेमा इच्छा मृत्युलाई कानूनी मान्यता

उरुग्वेमा इच्छा मृत्युलाई कानूनी मान्यता

मकवानपुर । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छा मृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देश मध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छा मृत्यु पनि त्यस सूचिमा थपिएको हो । सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई…
Read More
राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभयो । सो अवसरमा राष्ट्रपतिले आयोगले गरेका काम, उपलब्धि र सुधारका सिफारिसका विषयमा चासो व्यक्त गर्नुभएको थियो । त्यसैगरी, अर्को कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो । राष्ट्रपति पौडेलले आयोगहरूको प्रतिवेदनबाट देखिएका सुझाव र सिफारिसहरूले सुशासन प्रवर्धन, समावेशीकरण र आर्थिक स्रोतको न्यायसङ्गत बाँडफाँडमा सहयोग पुर्‍याउने विश्वास व्यक्त…
Read More
मानव बेचबिखन बिरुद्धका अभियानलाई अगाडि बढाउनु पर्नेमा एटविनको जोड

मानव बेचबिखन बिरुद्धका अभियानलाई अगाडि बढाउनु पर्नेमा एटविनको जोड

मकवानपुर । महिला तथा बेचबिखन बिखनविरुद्ध सहकर्मी समूह-नेपाल (एटविन)ले मानव बेचबिखन बिरुद्धका अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । एटविनको २२ औं वार्षिक साधारणसभा र ११ औं अधिवेशन तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा सहभागी वक्ताले एटविनको सो लक्ष्यलाई निरन्तर अगाडि बढाउन आग्रह गरिएको हो । सो अवसरमा एटविनका सचिव हीरा दाहालले संस्थाका विविध कार्यक्रम, गतिविधी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संस्थाले मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेश फिर्ताका कार्यक्रम, प्रभावितको न्यायिक पुहँचका लागि गरिएका पहल, प्रभावितलाई समाजमा पुनः स्थापनका लागि गरिएको विविध गतिविधीबारे प्रष्ट पार्नु भएको थियो । उहाँले प्रभावितसँग काम गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतका सरोकारवाला…
Read More
सञ्चारमन्त्री खरेल सम्मानित

सञ्चारमन्त्री खरेल सम्मानित

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा. वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओडाएर ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो । सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताको माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो । अढाइ दशकदेखि पत्रकारिता र सञ्चार कर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित…
Read More
खोलामा डुबेर तीन बालिकाको ज्यान गयो

खोलामा डुबेर तीन बालिकाको ज्यान गयो

मकवानपुर । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।
Read More
पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा मृत्युदण्डको माग

पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा मृत्युदण्डको माग

मकवानपुर । बङ्गलादेशका अभियोजन वकिलले बिहीबार मुलुकबाट पलायन हुनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेश गरेका छन् । अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिनुभयो, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठूलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ । मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “हामी उहाँलाई उच्चतम सजायको माग गर्दै छौँ । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका…
Read More
मकवानपुरमा अकबरे खुर्सानीमा अत्यधिक विषादी

मकवानपुरमा अकबरे खुर्सानीमा अत्यधिक विषादी

मकवानपुर । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । मकवानपुरमा उत्पादित अकबरे खुर्सानीमा विषादीको मात्रा भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई कालीमाटीले जनाएको छ । मकवानपुरबाट ल्याइएको पसल नम्बर ६४७ मा बिक्रीका लागि राखिएको अकबरेमा ४९.०३२ प्रतिशत र पसल नम्बर ६६३ मा राखिएको अकबरेमा ५१.४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको जनाएको छ । यसअघि पनि सोमबार मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत उक्त विषादीको मात्रा भेटिएको थियो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि…
Read More
बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीवासी निरास

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीवासी निरास

मकवानपुर । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भएपनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् । पोखरा-बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित…
Read More
फूल खेतीलाई प्रोत्साहन गर्न प्लास्टिक माला प्रतिबन्ध

फूल खेतीलाई प्रोत्साहन गर्न प्लास्टिक माला प्रतिबन्ध

मकवानपुर । दाङमा स्थानीय फूल खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय तहहरूले प्लास्टिक मालामा प्रतिबन्ध लगाएका छन् । तिहार नजिकिएसँगै फूल खेती गर्ने किसानलाई राहत दिन चार स्थानीय तहले प्लास्टिक तथा रबरजन्य माला बिक्री वितरणमा रोक लगाएका हुन् । जिल्लाका लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र बबई गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी आयातित प्लास्टिक र रबरजन्य फूल तथा माला प्रयोग नगर्न नागरिकलाई अनुरोध गरेका छन् । स्थानीय तहहरुले फूल खेतीको प्रवर्धन र वातावरण संरक्षणका लागि प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेका छन् । जिल्लाका चार स्थानीय तहले गरेको प्लास्टिक र रबरजन्य फूल तथा माला प्रयोगमा गरेको प्रतिवन्धको निर्णयले व्यावसायिक फूल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.