Alag Dhar

अलगधार

अलगधार

1598 Posts
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो । काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गर्नुभयो । त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिनुभयो । प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।
Read More
आजको मौसम

आजको मौसम

मकवानपुर । यतिबेला काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ । सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
Read More
हुम्ला जिल्ला मौसमी रुगाखोकीको चपेटामा

हुम्ला जिल्ला मौसमी रुगाखोकीको चपेटामा

मकवानपुर । दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् । बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् । ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । सो वस्तीमा धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीहरुको टोली औषधीसहित मङ्गलबार सिरुपाटा पुगेका हुन् । बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, जीउ र टाउको दुःख्ने, श्वासप्रश्वासमा समस्या आउने गरेको थियो । बिरामीहरुको उपचारपछि औषधी वितरण गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । दुई…
Read More
सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु

सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु

मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर १० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । बुधबार सोही ठाउँ बस्ने ३५ वर्षीय प्रमोद यादवले चलाइराखेको स ९ प ९०३९ नम्बरको मोटरसाइकलमा पछाडि सवार भई सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएकोमा अवस्था गम्भीर बन्दै जाँदा उपचार खर्चको अभावमा परिवारजनले पुनः बिहीबार गजेन्द्रनारायण सिंह…
Read More
पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

मकवानपुर । गोरखाको पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि उत्पदानलाई सहजै रुपमा बजारसम्म पुर्‍याउन बिहीबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो । नगरपालिका भित्रका किसानहरुलाई व्यवसायिक कृषि उत्पदानमा लाग्न हौसला दिन तथा कृषि उत्पदानमा अभिवृद्धि गरी पालिकालाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरप्रमुख चिन्तनको भनाइ छ । पालुङटार नगरपालिकामा १० वटा वडाहरुमा उत्पादन हुने कृषि उपजलाई हरेक बिहीबार सञ्चालन हुने हाट बजारमा ल्याउन कृषि एम्बुलेन्स सञ्चालन गरी किसानलाई सहजीकरण गरेको नगरपालिका कृषि शाखा प्रमुख सङ्कल्प न्यौपानेले बताउनुभयो । पालिकाको कृषि एम्बुलेन्स टोल टोलमा पुग्ने न्यौपानेको भनाइ…
Read More
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयो । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप…
Read More
दुई लाख ५० हजार कट्यो सुनको मूल्य

दुई लाख ५० हजार कट्यो सुनको मूल्य

मकवानपुर । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार १०५ रुपियाँ पुगेको छ । यसअघि बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तीन हजार २७५ रुपियाँ कायम भएको हो । बुधबार चाँदी तोलामा तीन हजार २४० रुपियाँ कायम…
Read More
पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ५८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ५९ रूपैयाँ पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।
Read More
एमालेको ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव

एमालेको ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको सुरुमै राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो । “पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश…
Read More
जेनजीको नाममा धम्की दिनेहरूविरुद्ध कडा कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

जेनजीको नाममा धम्की दिनेहरूविरुद्ध कडा कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता जनाएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउने कार्य भइराखेको पत्रकारहरूको प्रश्नमा गृहमन्त्री अर्यालले ‘त्यो गलत कुरा भएको’ प्रतिक्रिया दिए । उनले थप भनेका छन्, ‘तिनीहरूलाई नियन्त्रणमा लिइन्छ ।’ गृहमन्त्री अर्यालले भनेका छन्, ‘जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने ‘ । जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो (कार्यालयमा गएर धम्क्याउने) गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकालप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समयक्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.