Alag Dhar

अलगधार

अलगधार

1598 Posts
प्रधानमन्त्री कार्कीसँग बेलायती टोलीको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग बेलायती टोलीको भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधि मण्डलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो। उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए । बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका…
Read More
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गरे। नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा…
Read More
पोखरामा भाइटीकाका दिन महोत्सवको आयोजना

पोखरामा भाइटीकाका दिन महोत्सवको आयोजना

मकवापुर । संस्कृतिलाई पर्यटनसँग जोड्दै विभिन्न गतिविधि हुने पोखरामा यसपालिको तिहारको भाइटीकाका दिन महोत्सव हुने भएको छ । होटल संघ पोखरा नेपालले आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको हो । संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। जेनजी आन्दोलपपछि पर्यटन क्षेत्र समेत प्रभावित भएकोमा महोत्सवले थोरै भए पनि लयमा आउन सघाउने उहाँको विश्वास छ । भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक नेपाली परम्पराअनुसार भाइटीका लगाउने गरेका छन् । गत वर्षको भाइटीका माहोत्सवमा १२ देशका ५६ पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका थिए…
Read More
आज घट्यो सेयर बजार

आज घट्यो सेयर बजार

मकवानपुर । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ :५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो । ४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । बैंकिङ…
Read More
विपिनको सम्झनामा जेनजी युवाहरूले  अपरान्ह ५:३० माइतीघरमा दीप प्रज्वलन गर्ने

विपिनको सम्झनामा जेनजी युवाहरूले अपरान्ह ५:३० माइतीघरमा दीप प्रज्वलन गर्ने

मकवानपुर । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागेको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी छन् । ‘भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ, हार्दिक श्रद्धाञ्जली विपिन । तिमीलाई हामी सँधै सम्झिरहनेछौं, वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम,’ बमले लेखेकी छन् ।
Read More
कांग्रेसमा विशेष महाधिवेशन माग : दुई हजार ४८८ जनाको हस्ताक्षर

कांग्रेसमा विशेष महाधिवेशन माग : दुई हजार ४८८ जनाको हस्ताक्षर

मकवानपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज हस्ताक्षर बुझाइदै छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुधबार दिउँसो हस्ताक्षर बुझाउने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन् । विभिन्न कारणले १९० जना महाधिवेशन प्रतिनिधि नभएको जानकारी दिँदै उहाँले ५२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गर्नुभएको छ । ७७ जिल्ला र विदेश क्षेत्रबाट हस्ताक्षर सङ्कलन गरिएको उहाँको भनाइ छ । कांग्रेसको नियमित महाधिवेशन आगामी मङ्सिरमा गर्नुपर्ने भए पनि महाधिवेशनको टुंगो नलागेपछि विशेष महाधिवेशनको माग…
Read More
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गङ्गा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला सदरमुकामस्थित धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी…
Read More
भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

मकवनपुर । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरुका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रु बसमै फसे । केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको…
Read More
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न प्रहरीको अभियान

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न प्रहरीको अभियान

मकवनपुर । कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा हुनै अवैध चोरी निकासी रोक्न अभियान सुरु गरेको छ । सीमा क्षेत्रमा हुनसक्ने गैर कानुनी गतिविधि रोक्न प्रहरीले निगरानी बढाएको छ। प्रहरीले नियमित तथा लामो दुरीका पैदल गस्ती बढाउने, समुदायसँग समन्वय गर्नेकार्यलाई प्राथमिकता दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । कार्यालयका अनुसार पछिल्लो महिना लामो तथा छोटो दुरीमा १४ सय पटक र ३ सय ७१ पटक पैदल गस्ती गरिएको जनाएको छ । यसैगरी प्रहरीले पछिल्लो २ महिनामा राजस्व छली निकासी भएका ६० लाख बढीका सामाग्री जफत गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनु…
Read More
एमाले केन्द्रीय कमिटीको बैठक जारी

एमाले केन्द्रीय कमिटीको बैठक जारी

मकवनपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक केहीबेर अघि सुरु भएको हो । एमाले महासचिव शङ्कर पोखरेलले कार्यक्रम सुरुवातीमा ललितपुरको गोदावरीमा विधान अधिवेशन ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको तर नेता, कार्यकर्ता आ–आफ्नो कार्यथलोमा फर्कन नपाउँदै देशमा असामान्य र दुःखद परिस्थिति उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार देशको चुनौतीपूर्ण अवस्थामा सबै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.