Alag Dhar

अलगधार

अलगधार

1598 Posts
मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयहरूको स्थलगत अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयहरूको स्थलगत अनुगमन

मकवानपुर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ । मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ । प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको…
Read More
वडा कार्यालय तोडफोड गरेको आरोपमा सात पक्राउ

वडा कार्यालय तोडफोड गरेको आरोपमा सात पक्राउ

मकवानपुर । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिनुभयो । वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भए पनि विवरण खुलाइएको छैन । पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर,…
Read More
कम भएन बालबालिकामा कुपोषण

कम भएन बालबालिकामा कुपोषण

मकवानपुर । बर्दियामा अझै पनि कुपोषण भएका बालबालिकाको सङ्ख्या न्यूनीकरण हुन सकेको छैन । बालबालिकाको खानपान र स्याहारसुसारको कमीका कारण पाँच वर्षमुनिका बालबालिका कुपोषित भएका हुन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा ४२९ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । आव २०८०/८१ मा २८२ जना बालबालिकामा कडा खालको कुपोषण फेला परेको थियो भने आव २०७९/८० मा २९५ जनामा कडा खालको कुपोषण भेटिएको थियो । विभिन्न स्वास्थ्य संस्थामा बालबालिकालाई परीक्षण गराउँदा र वर्षको दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने क्रममा कुपोषित भेटिएका बालबालिका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले गत असारमा गरेको स्क्रिनिङ परीक्षणमा ४४४ जना कडा खालको…
Read More
अपहरणपछि किशोरको हत्या

अपहरणपछि किशोरको हत्या

मकवानपुर । यहाँको गोलबजार नगरपालिका–१३, डङ्ग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राति अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैँचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् । परिवारजनले रातभर गाउँ छिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो। अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा…
Read More
नवरात्रमा कालिका भगवती मन्दिरमा विशेष पूजा

नवरात्रमा कालिका भगवती मन्दिरमा विशेष पूजा

मकवानपुर । देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नवरात्रको पहिलो दिन घटस्थापना गरिएसँगै दसैँको विधिवत् सुरुवात भएको छ । नवरात्रभर बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन आएर पूजा गर्छन् । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले भक्तजनलाई सहज पूजा गर्ने वातावरण मिलाएको छ । कालीका भगवतीको पूजा र दर्शन गर्दा आँटेताकेको पुग्ने, शक्ति प्राप्त हुने विश्वास छ । दसैँको अवसरमा विशेष पूजा हुने मन्दिरमा मनोकाङ्क्षा पूरा गर्न भक्तजनले पञ्चबलि दिने गरेका छन् । पूजाका लागि लाइन बस्ने, बलीलाई व्यवस्थित बनाउने, सहायता कक्ष, सूचना बोर्ड र प्रसाद वितरणको व्यवस्थापन गरिएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो । मुक्तिनाथमा श्राद्ध गरेका भक्तजन फर्केर…
Read More
सुनको मूल्य हालसम्मकै उच्च : तोलाको दुई लाख २१ हजार सात सय

सुनको मूल्य हालसम्मकै उच्च : तोलाको दुई लाख २१ हजार सात सय

मकवानपुर । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू. दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू .दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू. तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू. दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
छाउपडी अन्त्य गर्न साझा पहल

छाउपडी अन्त्य गर्न साझा पहल

मकवानपुर । पूर्ण रूपमा अन्त्य हुन नसकेको छाउपडी कुरीतिका विरुद्ध अछामका पालिका प्रमुखले साझा पहल गर्नेमा एकमत भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय र सरोकारवालाको जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा छाउपडी कुरीति अन्त्यको अभियानलाई संयन्त्र बनाएर प्रभावकारी बनाउन एकमत भएका हुन् । जिल्ला, पालिका र वडा तहमा सामाजिक क्षेत्र तथा समन्वय समिति निर्माण गरेर स्थानीय तहका जनप्रतिनिधिले छाउपडी कुरीति अन्त्य गर्न आफूहरू सक्रिय हुने बताएका छन् । महिनावारी तथा सुत्केरीका समयमा महिला तथा किशोरीमाथि विभेदसँगै सामाजिक समस्याका बारेमा स्थानीय तहले प्राथमिकतामा राख्ने भएको छ । सो अभियानमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय नागरिकसमेत जोडिने…
Read More
शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

मकवानपुर । ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका क्रममा यहाँको शुक्लाफाँटा नगरपालिकाले तीन करोडभन्दा बढीको क्षति बेहोर्नु परेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपियाँ बराबरको क्षति बेहोर्नु परेको बताइएको छ । सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर आठ कार्यालयले अत्यधिक क्षति बेहोर्नु परेको उल्लेख छ । यसै गरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा…
Read More
तीन कैदी पक्राउ

तीन कैदी पक्राउ

मकवानपुर । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन्…
Read More
केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

मकवानपुर । भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । भारतबाट ठुलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन सुरु गरेको छ । किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.