Alag Dhar

अन्तर्राष्ट्रिय


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

मकवानपुर । अमेरिकामा शक्तिशाली हिमआँधीका कारण जनजीवन प्रभावित बनेको छ । टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको आँधीले १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द गराएको छ भने लुजियाना र टेक्ससमा कम्तीमा तीन जनाको मृत्यु पुष्टि भएको छ। अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन् । भर्जिनियामा मात्र २०० भन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट भएका छन्। अमेरिकाको आधाभन्दा बढी जनसंख्या करिब १८ करोड मानिस प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित भएका छन। सामान्यतया न्यानो हुने टेक्सस, लुजियाना र टेनेसीमा तापक्रम औसतभन्दा १५–२० डिग्री सेल्सियस तल झरेको छ, जसले स्थानीय बासिन्दालाई थप प्रभावित बनाएको छ। अत्यन्त चिसोका कारण झन्डै आधा राज्यहरूमा सङ्कटकाल घोषणा गरिएको…
Read More
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो। एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो । क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो,’ अलजजिराका…
Read More
इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

मकवानपुर ।  इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ। इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको र २ हजार नाघेको जनाएका छन्। प्रदर्शन चर्किँदै जाँदा पहिलो पटक इरानको सरकारी अधिकारीले पहिलोपटक मृतकहरुको संख्या सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। प्रदर्शनमा सहमागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ। मृत्यु भएकामध्ये १ हजार ८५०…
Read More
मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ। शनिबार राति अमेरिकाले राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर अमेरिका लगेपछि बेइजिङले औपचारिक प्रतिक्रिया जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य हस्तक्षेपप्रति विभिन्न देशहरूले आपत्ति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै चीनको धारणा सार्वजनिक गरेका हुन्। प्रवक्ताले बल प्रयोग गरेर राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताएका छन्। चीनले यस घटनाप्रति गम्भीर चासो…
Read More
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

मकवानपुर । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली-आगरा एक्सप्रेसवेमा बसकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।
Read More
भरतपुरमा प्राङ्‍गारिक सूर्यमुखीखेती

भरतपुरमा प्राङ्‍गारिक सूर्यमुखीखेती

मकवानपुर । चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्‍गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने, ‘पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।’ उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा ८०० रुपैयाँ र दाना प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन्…
Read More
गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

मकवानपुर । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बिच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गाजा सहरमा घाइतेको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीले घाइतेलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए । आह्वानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो टोलीमार्फत १८ बिरामी र तिनका ५४ साथीसहित उपचारका लागि गाजाबाट बाहिर निकासी गरिएको जानकारी दिएको छ । संस्थाका अनुसार गाजामा अहिले पनि १६ हजार ५०० भन्दा बढी बिरामीलाई त्यहाँ उपलब्ध नभएको जीवनरक्षक उपचार अत्यावश्यक छ ।…
Read More
भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु

भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु

मकवानपुर । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ । विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए । स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो…
Read More
अफगानिस्तानको सडक दुर्घटनामा हुँदा तीनको मृत्यु, पाँच जना घाइते

अफगानिस्तानको सडक दुर्घटनामा हुँदा तीनको मृत्यु, पाँच जना घाइते

मकवानपुर । पूर्वी अफगानिस्तानको लघमान प्रान्तमा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक बालक रहेका प्रान्तीय प्रहरी कार्यालयले बिहीबार राति जनाएको छ । घटनाको विवरणअनुसार, काकाख क्षेत्रमा राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने मुख्य सडकमा एक यात्रुबाहक सवारी अर्को सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको हो । घटनास्थलमै तीन जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ । प्रहरीले असावधानरूपमा सवारी चलाउनु मुख्य कारण भएको जनाएको छ । यो दुर्घटना गत सातामा अफगानिस्तानमा भएको तेस्रो घातक सडक दुर्घटना हो । यसअघि मङ्गलबार उत्तर पश्चिमी फरयाब प्रान्तमा सवारी खस्दा…
Read More
भ्रष्टाचार सम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

भ्रष्टाचार सम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

मकवानपुर । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात-सात वर्षका दरले सजाय तोक्नुभएको हो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी)ले गत जनवरीमा शेख हसिना र उहाँको परिवारका सदस्य विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने छ । अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.