Alag Dhar

अन्तर्राष्ट्रिय


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका…
Read More
मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मकवानपुर । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ । यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट…
Read More
मध्यपूर्व युद्ध १५औँ दिनमा, आक्रमण तीव्र बन्दै तेल संकटको चिन्ता

मध्यपूर्व युद्ध १५औँ दिनमा, आक्रमण तीव्र बन्दै तेल संकटको चिन्ता

मकवानपुर । मध्यपूर्वमा चलिरहेको युद्ध १५औँ दिनमा झन् चर्किँदै गएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा अहिले सम्म ७ सय ७३ भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि इजरायलमाथि मिसाइल प्रहारलाई निरन्तरता दिएको बताइएको छ । खाडी क्षेत्रमा पनि तनाव बढेको छ । बहराइनले युद्ध शुरू भएयता १ सय २४…
Read More
१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

मकवानपुर । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले मोजतबा खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको हो । उसले निकालेको सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी अली लारीजानी, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत छन् । यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सर्बोच्च नेता आयातुल्लाह खामेनीको ज्यान गएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा…
Read More
इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु

इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु

काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो । मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए) ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ । अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ । यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी…
Read More
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुनसकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।…
Read More
इरानमाथि इजरायली आक्रमण : तेहरानमा शक्तिशाली विस्फोट

इरानमाथि इजरायली आक्रमण : तेहरानमा शक्तिशाली विस्फोट

मकवानपुर । इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानको रिपब्लिक (जम्हुरी)  क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र जम्हुरी स्क्वायर तथा हसन अवाद स्क्वायरको आकाशमा धुवाँको मुस्लो उडेका तस्बिरहरू सार्वजनिक भएका छन् । इरानको राज्य समर्थित फार्स न्युज एजेन्सीले तेहरानको उत्तरी र पूर्वी भागमा समेत थप नयाँ विस्फोटका आवाजहरू सुनिएको जनाएको छ । तेहरानमा विस्फोटका खबरहरू बाहिरिएलगत्तै इजरायलले इरानमाथि प्रि-एम्प्टिभु (अग्रिम)  आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायल राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताएका छन् । यस आक्रमणसँगै रक्षामन्त्री काट्जले इजरायलभर ‘विशेष र स्थायी आपतकालीन…
Read More
युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

गाजा । गाजामा आइतबार बिहान भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्। इजरायली सेनाले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एकअर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो…
Read More
जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

मकवानपुर । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी हिमपात हुने सम्भावना छ। यो मौसमको अवस्था देशमा आइतवार हुन लागेको आम निर्वाचनको समयसँगै परेको छ। एजेन्सीकाअनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्रमा ४० सेन्टीमिटर सम्म हिउँ पर्न सक्नेछ। अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिउँका कारण देशैभर ४२ जनाको मृत्यु भएको छ भने ४८६ जना घाइते भएका छन्।
Read More
भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटस् १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटस् १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

मकवानपुर । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् । प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्। अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्। यस्तै मेघालय सरकारले मृतकका परिवारलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.