Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

मकवानपुर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ । एनपीएल क्रिकेटमा विराटनगरले अहिलेसम्मकै सर्वाधिक २२० रन बनायो । एनपीएलमा विराटनगर, जनकपुर, काठमान्डु, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर…
Read More
एनपिएल : चितवनको विजयी सुरुवात

एनपिएल : चितवनको विजयी सुरुवात

मकवानपुर । चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो । जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीपक बोहराले ४२, सैफ जईफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोड्नुभयो । बलिङमा…
Read More
एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

मकवानपुर । ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६७ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो । कर्णालीका लागि पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो । बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले…
Read More
नेपाल आज मलेसियासँग भिड्दै

नेपाल आज मलेसियासँग भिड्दै

मकवानपुर । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्ने लक्ष्य राखेको छ । नेपालले मलेसियासँग ६ महिनापछि प्रतिस्पर्धा गर्न लागेको हो । यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलको हार खेपेको थियो । नेपालका लागि आजको खेल मलेसियासँग बदला लिने मौका हुनेछ । समूह एफ अन्तर्गत जारी छनोटमा हरेक टोलीले चार चार खेल सक्दा मलेसिया शतप्रतिशत जितसहित १२ अङ्कका साथ शीर्षस्थानमा छ । यस समूहमा भियतनाम र मलेसिया पनि रहेको छ । सबै खेलमा…
Read More
एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

मकवानपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सोमबार काठमाडौँ गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ । क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ ।क्रिकेट मैदानमा दर्शकदीर्घाले भरिँदैछ । साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।
Read More
एनपिएलमा आज जनकपुर र काठमाडौँ भिड्दै

एनपिएलमा आज जनकपुर र काठमाडौँ भिड्दै

मकवानपुर । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौँलाई सहजै हराएको थियो । यस पट्क पनि जनकपुरले काठमाडौँलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौँ पनि अघिल्लो संस्करणको हारको बदला लिँदै जित हासिल गर्न चाहन्छ । यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल…
Read More
आजबाट दोस्रो एनपिएल सुरु

आजबाट दोस्रो एनपिएल सुरु

मकवानपुर । विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् । यीबाहेक अन्य देशमा पनि फ्रेन्चाई लिग खेलिन्छ । यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशको हुन सकेको छैन तर क्रिकेटमा उदाउँदै गरेको नेपालले आयोजना गरेको फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग (एनपिएल) लाई भने पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो एनपिएल…
Read More
मनोज स्मृति महिला भलिबल पुसमा

मनोज स्मृति महिला भलिबल पुसमा

मकवानपुर । स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई उपाधिसहित दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो । यस्तै ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई दर्ता शुल्क १० हजार रुपियाँ राखिएको आयोजकले जनाएको छ ।
Read More
महिला कबड्डी विश्वकपमा नेपालको सहभागिता

महिला कबड्डी विश्वकपमा नेपालको सहभागिता

मकवानपुर । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ । विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो । नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ । नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल…
Read More
पिस प्वान्टले जित्यो इन्टर स्कुल फुटसलको उपाधि

पिस प्वान्टले जित्यो इन्टर स्कुल फुटसलको उपाधि

मकवानपुर । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ । दि गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो । सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० गोलले हरायो । त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो । ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बन्नुभयो । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो । दुई दिने प्रतियोगितामा उपत्यकाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.