२०८२ माघ ६, मंगलवार ०७:५७
२०८२ माघ ६, मंगलवार ०७:५७
मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ । मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए । डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार थिइन् । उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । आगामी निर्वाचनमा डिनाले उनै सिंहसहित ठूला दलका एमालेका रामेश्वर राना, माओवादीका विजय गौतमसँग प्रतिस्पर्धा गर्ने छिन् । यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन । लामाले २ नम्बर क्षेत्रबाट ठूला दलका नेकपा एमालेका महेश…