Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आकांक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशितालाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । लमजुङबाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभातर्फ तीन जनाको नाम सिफारिस भएको काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो । सिफारिस भएका प्रत्यक्षतर्फका उम्मेदवार सबै पुरुष हुनुहुन्छ । कांग्रेस लमजुङले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गमप्रसाद…
Read More
सुनको मूल्यमा  वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा  दुई हजार दुई सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार आठ सय कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Read More
पाँच वर्षदेखि तीन करोड बजेट, योजना भने अलपत्र

पाँच वर्षदेखि तीन करोड बजेट, योजना भने अलपत्र

बैतडी। खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोको पूरा हुन सकेको छैन । मेलौली नगरपालिका–९,विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काल लगायतका गाउँ एक गाग्री पानीका लागि दिनभरि पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आएको असुर–रोकटा खानेपानीको मुहान सुकेर सुक्खायाममा पानीको हाहाकार हुने गरेको छ । गाउँमा भएका पानीका मुहान सुक्दै जानथालेपछि विकल्पमा मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाको माग गरे…
Read More
एमालेको बन्दसत्र फेरि सर्‍यो, दिउँसो १ बजेदेखि सुरु हुने

एमालेको बन्दसत्र फेरि सर्‍यो, दिउँसो १ बजेदेखि सुरु हुने

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक कार्यकालको अन्तिम बैठक हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । बन्दसत्र सरेपनि प्रतिनिधिहरु बिहानै भृकुटीमण्डपमा पुगेका छन् । प्रतिनिधिहरुले दस्तावेजहरुको प्रचारप्रसाद गरिरहेका छन् ।
Read More
आजको मौसम

आजको मौसम

मकवानपुर । आज देशमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। उक्त प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। त्यस्तै, आज राति देशभर आंशिक बदली रहने पूर्वानुमान छ। मौसमको अवस्था सामान्य रहेकाले दैनिक जनजीवन, यातायात तथा आर्थिक गतिविधिमा खासै अवरोध नआउने महाशाखाले अपेक्षा गरेको छ।
Read More
स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारू

स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारू

काभ्रेपलाञ्चोक । यही मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ । अरनिको राजमार्ग कोदारीस्थित इको पहिरोमा स्थानीयले सडक अवरुद्ध गरेपछि नाका ८ दिनदेखि बन्द थियो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए । गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोटलगायतको उपस्थितिमा कात्तिक महिनामा राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्ने सहमति भएपनि अर्को एक महिना ढिला भएपछि स्थानीयले सडक अवरोध गरेका थिए । शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको थियो । स्थानीयले सडक निर्माण कार्य तत्काल सुरु…
Read More
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौं । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने…
Read More
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । ठगी गरेको अभियोगमा पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रु आठ लाख ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् ।  
Read More
आज दललाई निर्वाचन चिह्न

आज दललाई निर्वाचन चिह्न

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने कार्यक्रम रहेकामा कुनै दलबाट नाम फिर्ता लिने निवेदन आएको छैन । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ । परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने छ । नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न करिब दुई साताको समय…
Read More
राष्ट्रिय मानवअधिकार महाभेलामा प्रेस स्वतन्त्रता सेनानीसहित तीन जना सम्मानित

राष्ट्रिय मानवअधिकार महाभेलामा प्रेस स्वतन्त्रता सेनानीसहित तीन जना सम्मानित

मकवानपुर । ७७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस, १७ औँ मानवअधिकार महाभेला २०८२ को प्रदेश स्तरीय सम्वाद कार्यक्रममा मानवअधिकार लोकतन्त्र, शान्ति तथा सामाजिक न्याय लगायत क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका तीन जनालाई सम्मानित गरिएको छ । मानवअधिकारका लागि एकल महिला समूह मधेस प्रदेशको आयोजनामा ७७ औ अन्तराष्ट्रिय मानवअधिकार दिवस,१७ औ मानवअधिकार महाभेला २०८२ लोकतान्त्र र मानवअधिकार : कानुनको शासन ,सुशासन र अन्तरपुस्ता न्यायको समर्थन विषयक एक दिने प्रदेश स्तरीय सम्वाद कार्यक्रममा शुक्रबार राजविराजमा उहाँहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनुहुनेमा ४ दशकदेखि सप्तरीमा पत्रकारितामा सक्रिय रहदेै आउनुभएका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा,अधिकारका लागि एकल महिला समूह सप्तरीका संस्थापक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.