२०८२ कार्तिक २७, बिहीबार ०८:१६
२०८२ कार्तिक २७, बिहीबार ०८:१६
मकवानपुर । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ ९आगामी मङ्सिर १ गते० मा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताउनुभयो । ७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छ । उहाँले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गर्नु भएको छ । “कानूनअनुसार न्याय हुने छ”, अभियोजक इस्लामले भन्नुभयो, “हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउने छ ।” गत…