Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

मकवानपुर । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई रोकथाम गर्दै ती प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ । बागमती प्रदेशका केही चुनौतीहरु उल्लेख गर्दै अध्ययनमा भनिएको छ, “शिक्षामा गुणात्मक विकास गर्ने कार्य तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुका साथै सहज पहुँच विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको छ…
Read More
आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

मकवानपुर । आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । निमोनियाबारे चेतना फैलाउने कार्यक्रम र गतिविधिका साथै बालबालिकाको मृत्युदर घटाउने तथा निमोनिया रोकथाम एवम् सशक्त स्वास्थ्य प्रणालीमा जोड दिएर दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसको अवसरमा नेपाल सरकारले रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । निमोनिया बालबालिकाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । निमोनिया विशेषगरी फोक्सोसँग सम्बन्धित समस्या हो । डाक्टरका…
Read More
वामदेव गौतमको पार्टी  निर्वाचन आयोगद्वारा खारेज

वामदेव गौतमको पार्टी निर्वाचन आयोगद्वारा खारेज

मकवानपुर । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिनुभएको थियो । प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिनुभयो । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।
Read More
गाँजा विधेयकः गण्डकीमा यसरी गर्न पाइने छ गाँजा खेती

गाँजा विधेयकः गण्डकीमा यसरी गर्न पाइने छ गाँजा खेती

मकवानपुर । गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रूपमै प्रशस्त गाँजा उम्रिन्छ। खाली हुँदै गएका खेतबारी, खाली बनेका गाउँघरतिर गाँजाखेती गरी आर्थिक समृद्धि ल्याउन सकिने चर्चा बारम्बार हुने गरेको छ। यही परिवेशमा गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ दर्ता भएको छ। उद्योग तथा पर्यटन मन्त्रालयले असोज ६ मा प्रदेशसभा सचिवालयमा दर्ता गरेको यो विधेयकमाथि संसदमा सोमबार नै सामान्य छलफल भएको छ। विधेयकले व्यक्तिगत प्रयोगमा कडाइ गर्दै औषधीजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिक बनाउने प्रावधान राखेको छ। विधेयक पारित भएपछि गण्डकी प्रदेशमा सरकारी नियम पालना गर्दै गाँजा खेती…
Read More
पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

मकवानपुर । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ । बङ्गलादेशका सरकारी अभियोजनकर्ताले मङ्गलबार यसबारे जानकारी दिएका हुन् । गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा गरिने अपेक्षा गरिएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक गाजी मनोवर हुसेन तमीमले भन्नुभयो, “बिहीबारको सुनुवाइको उद्देश्य केवल फैसलाको मिति घोषणा गर्नु हो । हाम्रो अघिल्ला अनुभवका आधारमा अदालतले अन्तिम फैसला सुनाउन थप एक हप्ता समय लिन सक्छ । नोभेम्बर…
Read More
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु. ५ त. १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा बाजुराका चालकको मृत्यु भएको हो। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु. ५ त. १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो। बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए। विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको…
Read More
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

मकवानपुर । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
Read More
कांग्रेस केन्द्रीय समिति बैठक जारी

कांग्रेस केन्द्रीय समिति बैठक जारी

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । मंगलबार मध्यान्हबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रीय सदस्यहरू रहेका छन् । पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित भएका थिएनन् । तर महाधिवेशन कार्यतालिका प्रश्तुत गर्न दिने सहमतिपछि यसअघिको बैठकमा उपस्थित भएका थिए । कांग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरु हुन सकेका छैनन् । एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को…
Read More
७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै एमाले

७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै एमाले

मकवानपुर । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।रासस
Read More
मोन्था चक्रवातको प्रभावले भएको  बेमौसमी वर्षाले सिराहामा १० हजार हेक्टर धानबालीमा क्षति

मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाले सिराहामा १० हजार हेक्टर धानबालीमा क्षति

मकवानपुर । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो । कृषि शाखाबाट प्राप्त विवरणअनुसार लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ हेक्टर, औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब आठ सय हेक्टर क्षेत्रमा धानबालीमा क्षति पुगेको छ । लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.