Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज विदेशी मुद्राको भाउ

आज विदेशी मुद्राको भाउ

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको…
Read More
काभा यू-१९ महिला भलिबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काभा यू-१९ महिला भलिबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

मकवानपुर । काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली गएराती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।
Read More
छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव

छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव

मकवानपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ । उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय जलेको र हालसम्म कार्यालय व्यवस्थापन हुन नसकेकाले मुख्य सचिवलाई कार्यालय व्यवस्थापनका लागि निर्देशन दिसकिएको बतटाउनुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आफनै कोठामा सञ्चारकर्मी सँग कुरा गर्दै मुख्यमन्त्री यादवले कार्यालय दुई तीन दिनभित्र कार्यालय व्यवस्थापन भएपछि आफूले पदभार ग्रहण गर्ने बताउनुभयो । उहाँले आफुलाई नियुक्ति दिएपछि विरामी पर्नु भएका प्रदेश प्रमुख भण्डारी कार्यबाहक मुख्यमन्त्रीलाई जानकारी गराएर काठमाडौ जान लागेपछि आफुले नै नियुक्तिपछि सपथ गराइ दिन गरेको…
Read More
यस वर्ष कैलालीमा धान उत्पादन घट्यो

यस वर्ष कैलालीमा धान उत्पादन घट्यो

मकवानपुर । कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ । यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व पनि…
Read More
मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

मकवानपुर । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ः३० बजे कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प४२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई–३ सरस्वती टोल निवासी ३४ वर्षीय दीपक सिटौला गम्भीर घाइते हुनुभएको थियो । टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको बताएका थिए । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा प्रहरी टोली…
Read More
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन । कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा…
Read More
चार हजार नौ सयले बढ्यो सुनको मूल्य

चार हजार नौ सयले बढ्यो सुनको मूल्य

मकवानपुर । नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको…
Read More
निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसले गतिविधि सञ्चालन गर्नुपर्छ : कल्याण गुरूङ

निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसले गतिविधि सञ्चालन गर्नुपर्छ : कल्याण गुरूङ

मकवानपुर । नेपाली कांग्रेसका नेता कल्याणकुमार गुरूङले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टीले आफ्ना सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । विषम् परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट केही अलग हुन बाध्य भएको नेपालको संविधानलाई निर्वाचनले मात्रै मूलबाटोमा ल्याउन सक्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसको अहिलेको लक्ष्य भनेको चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ’, नेता गुरूङले भने, ‘केन्द्रीय कार्यसमितिदेखि वडा कार्यसमितिसम्मका सबै तहहरू तन, मन र वचनले चुनावको तयारीमा लाग्नु पर्छ ।’ निर्वाचनले मात्रै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित राख्न सक्ने र चलायमान बनाउन सक्ने भन्दै उनले प्रतिनिधिसभा पुर्नबहालीबारे सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य हुने पनि बताए । नेता गुरूङले आगामी…
Read More
विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना घाइते

विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना घाइते

मकवानपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४ बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् । गाईघाटबाट लहानतर्फ जाँदैगरेको ना १ ज ८३९१ नम्वरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरुलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरुको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ । कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताउनुभयो । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका…
Read More
सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो । सोमबार बिहान ८ बजेको समयमा ना ४ ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो । तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.