Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
निर्वाचन नजिकिँदै गर्दा बारामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

निर्वाचन नजिकिँदै गर्दा बारामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ । राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् । प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी गरेपछि कार्तिक १९ गतेसम्म तनि हजार ८५० जना नयाँ मतदाता थपिएका छन् । ती मध्ये दुई हजार हजार ४३७ पुरुष र एक हजार ४१३ जना महिला गरि तीन हजार ८५० जना नयाँ मतदाता थपिएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक दुई सयदेखि २५० जना…
Read More
एक हप्तामै साढे चार हजार क्विन्टल खरिद

एक हप्तामै साढे चार हजार क्विन्टल खरिद

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक हप्ताको अवधिमा कैलालीमा चार हजार ४०० दशमलव ३९ क्विन्टल धान खरिद गरेको छ । यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो । धनगढी उपमहानगरपालिकाको मोहनपुर, गौरीगङ्गा, टीकापुर, सत्ती, भजनी र जोशीपुरबाट धान खरिद भइरहेको जनाएको छ । छ वटै ठाउँमा धान बिक्री गर्ने किसानको भीडभाड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले बताउनुभयो । उहाँले बेलुकासम्म धान खरिदको काम भइरहेको जानकारी दिनुभयो । खाद्यले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ( मोटा धान प्रति…
Read More
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मकवानपुर । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु. तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु. दुई लाख ३७ हजार २०० र चाँदी रु. दुई हजार ९९० मा खरिदबिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा…
Read More
जेसीज सप्ताह–२०२५ : साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जेसीज सप्ताह–२०२५ : साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर । जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम दिउँसो २ बजेदेखि सञ्चालन गरिएको हो । सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको संयोजक विजय गोपाली तथा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुर्यप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो । अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय मकवानपुरकोतर्फबाट संगिता लामा र…
Read More
एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह

एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गर्नुभयो। कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ।
Read More
चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक

चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक

मकवानपुर । चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ७१ वर्षीया उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । उनको नियमित रूपमा डायलासिस हुँदै आएको थियो । पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रू ३८ करोड ६१ लाख ५२ हजार…
Read More
विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

मकवानपुर । दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४० रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो । बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल…
Read More
वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंयपछि संरक्षणमा थप चुनौती

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंयपछि संरक्षणमा थप चुनौती

मकवानपुर । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिए । उनका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो…
Read More
लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी

लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी

मकवानपुर । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ । विगत तीन वर्षदेखि निर्माणाधीन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर मङ्गलबार राती चोरी भएको स्थानीयले बताएका छन् । विद्युत जोड्न बाँकी रहेको उक्त ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार(क्वाईल) लिएर गएको सो वडाका अध्यक्ष कमलकुमार राईले जानकारी दिनुभयो। उक्त ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी चौकी महेन्द्र झ्याडीले जनाएको छ । चौकीका ईन्चार्ज (सई)राजनारायण साहले बस्तिी भन्दा अलिपर जङ्गलमा उक्त ट्रान्सफर्मर जडान गरिएको र चोरी गर्नेको पहिचान नखुलेको बताउनुभयो । वडा अध्यक्ष राईका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.