Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

मकवानपुर । नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन्। यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए। ‘एक सय २२ जना साथीहरू त ६। ८ महिनाअघि नै एमाले प्रवेश गर्ने तयारी गरिसकेका थियौं। अब हामी केही दिन देशभरका साथीहरूसँग छलफल गर्छौं र एउटा ठूलो शक्ति बनेर औपचारिक कार्यक्रममार्फत् घर फर्कनेछौं,’ उनले भने। उनले एमालेमा फर्कनका लागि आफूहरूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे। ‘महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन।…
Read More
खेतबाट पानी कटाउन नसक्दा खेतमै कुहिन थाल्यो धान

खेतबाट पानी कटाउन नसक्दा खेतमै कुहिन थाल्यो धान

मकवानपुर । धान काटेर पाँजा लगाएको खेतबाट पानी कटाउन नसक्दा किसानको धान खेतमै उम्रिन थालेको छ । खासगरी मोरङको उर्लाबारी–९ बोडरलाइनका किसानले खेतको पानी कटाउन नसक्दा धान खेतमै उम्रिएको हो । आकाश खुलेपछि दिन तातियो । तर खेतबाट पानी कटाउन सकिएन । जसले गर्दा खेतमै धान उम्रियो । गाउँघरमा कृषि मजदुर छैनन् । बल्ल बल्ल काटेको धान कुन्यु लगाउन नपाउँदै खेतमै सड्यो । बोर्डरलाइनका किसान डिकेन्द्र बस्नेतले भन्नुभयो, "खेतमा पानी जमेकोले धान उम्रियो । बस्नेत प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ लगायत उर्लाबारी-९ को बोर्डरलाइनका अधिकांश किसानको धान खेतमै कुहिएको छ ।" उर्लाबारी–९ कि मालती मैया खड्काले भन्नुभयो, "काटेको धान…
Read More
सुर्खेतरोड सडक छेउको अतिक्रमण हटाउन उपमहानगरको अल्टिमेटम

सुर्खेतरोड सडक छेउको अतिक्रमण हटाउन उपमहानगरको अल्टिमेटम

मकवानपुर । नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले मङ्गलबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेत रोडको बिपी चोकदेखि धम्बोझी चोकसम्मको फुटपाथ निर्माण तथा वृक्षारोपणस्थल निर्माण गर्ने भएको जनाउँदै सो सडकको दुबैतर्फको सात फिट भित्र निर्माण गरिएका टहरा, होर्डिंङ बोर्ड लगायतका सबै सरंचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्धारा हस्ताक्षरित सो सुचनामा तोकिएको अवधीभित्र उक्त संरचनाहरू नहटाइए कार्यालयले हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनुपर्ने र हटाउँदा लाग्ने खर्च…
Read More
मध्य भारतमा रेल दुर्घटना हुँदा  कम्तीमा ११ जनाको निधन

मध्य भारतमा रेल दुर्घटना हुँदा कम्तीमा ११ जनाको निधन

मकवानपुर । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो । वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो । उद्धारकर्ताहरूले घण्टौँसम्मको अथक प्रयासपछि उक्त कोचलाई भुइँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न सफल भएका थिए । उहाँका अनुसार थप तीन जना यात्रुका शव त्यहीँ फेला परेका थिए । बुधबार बिहानसम्म उद्धार…
Read More
आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले  पहिला ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

मकवानपुर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार…
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

मकवानपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
मौसम खुलेपछि मनास्लुमा पर्यटकको चहलपहल बढ्यो

मौसम खुलेपछि मनास्लुमा पर्यटकको चहलपहल बढ्यो

मकवानपुर । केही दिनदेखि परेको हिमपातका कारण केही समय सुस्त बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मौसम खुलेसँगै पुन पर्यटकको चहलपहल बढ्न थालेको छ । हिउँ पग्लिएर पदमार्ग स्पष्ट रुपमा खुलेपछि आन्तरिक तथा बाह्रय पर्यटकहरू मनास्लु पदमार्ग हुँदै हिमाल नजिकका गाउँतिर पुग्ने क्रम तीब्र बन्दै गएको हो । मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका कार्यालय प्रमुख सन्तोष सेरचनका अनुसार अनुकुल हावापानीका कारण मनास्लु क्षेत्रमा यात्रु आवतजावतमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षित यात्राका लागि आवश्यक सूचना जारी गरी पदमार्ग खुला गरेपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र एमक्यापका कार्यालय प्रमुख सेरचनको भनाइ छ । मौसम खुलेसँगै उत्तरी…
Read More
विषालु रसेल भाइपर सर्प भेटियो

विषालु रसेल भाइपर सर्प भेटियो

मकवानपुर । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो । धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर रहेछ ।” ढुङ्गानाका अनुसार सो क्षेत्रमा पछिल्लो तीन वर्षयता लगातार यी सर्प देखा परेका छन् । गत वर्ष घरमा मान्छे सुतेको खाटमुनि रसेल भाइपर भेटिएको थियो । बेलैमा देखा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा छोडिएको ढुङ्गानाको भनाइ छ । यसै गरी दुई वर्षअगाडि पनि खेतमा धान काट्ने बेला मेसिनले च्याप्दा मरेको अवस्थामा…
Read More
आइसिसी विश्वकप क्रिकेट लिग–२ आज नेपाल र युएईबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग–२ आज नेपाल र युएईबीच प्रतिस्पर्धा

मकवानपुर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित…
Read More
नेप्से परिसूचक २७ अंक तल

नेप्से परिसूचक २७ अंक तल

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.